
नेपाल पर्वतारोहण संघ मातहत पोखरा महानगरपालिका वडा नं १७, रातोपैह्रो अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सेनाको श्री मध्य कमान्ड हेडक्वार्टर (बिजयपुर ब्यारेक), श्री भगवती दल गण (फुलबारी ब्यारेक), सशस्त्र प्रहरी बलको दंगा तथा हुल नियन्त्रण तालिम शिक्षालय, लामापाटन बाट आएका विभिन्न दर्जा तथा ओहदाका १०० जना स्वयंसेवक हरुले आज बिहान सरसफाइ गरेका थिए ।
कार्यक्रममा संग्रहालय परिसर भित्रको मनासलु मोडेलको पछाडिको भाग देखी गोर्खा भिलेज रेष्टुरेण्ट सम्मको क्षेत्रका अनावश्यक झाडी फाँड्ने, ब्यबस्थापन गर्ने, प्लास्टिकजन्य फ़ोहोर एकत्रित गर्ने गरिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, संग्रहालयका कर्मचारीहरु तथा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्षको सहभागिता रहेको थियो ।
पोखरा तथा नेपालकै महत्त्वपूर्ण पर्यटकीय आकर्षणको केन्द्र यस संग्रहालयमा स्वयंसेवा तथा सहकार्य गर्नपाउँदा खुसीलागेको सशस्त्र प्रहरी बल, नेपालका डिएसपी प्रेम सिग्देलले बताए । संग्रहालयमा सिमित सरसफाई कर्मचारी रहेको र परिसर ठूलो भएकोले समय समयमा सुरक्षा निकायहरू संग समन्वय गरि सरसफाइ गर्ने केहि बर्ष अगाडि देखिकै प्रचलन रहेको र यसपटक पनि निरन्तरता दिइएको संग्रहालयकि कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले मर्दी न्युजलाई बताईन् ।
सहकार्य गर्ने तिनवटै निकायहरू लाई कार्यक्रम समापनको दौरान संग्रहालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

