जापानमा कोरोना झनै बढ्यो २ लाख ३३ हजार जनामा संक्रमण पुष्टि, १ सय १४ जनाको मृत्यु

-


     सन थापा    
     श्रावण १२ गते २०७९ मा प्रकाशित


जापान, १२ साउन । पछिल्लो २४ घण्टामा जापानमा २ लाख ३३ हजार ९४ जना संक्रमण पुष्टि भएको छ भने १ सय १४जनाको मृत्यु भएको छ ।

कोरोना एकैदिन संक्रमण भएको यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । बिहीबार २ लाख ९ हजार ६ सय २४ जना संक्रमित भएका थिए । हालसम्म कोरोना संक्रमितको संख्या १ करोड २१ लाख ५४ हजार ९ सय ५९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ३२ हजार ३ सय २१ जनाको मृत्यु भएको छ भने १ करोड ३ लाख ८० हजार ८ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये ३ सय ११ जनाको अवस्था गम्भीर रहेको छ । मंगलबार १ लाख ३५ हजार ४ सय ७४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

१० हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये आठ प्रान्तमा १० हजार बढी थपिए भने ४१ प्रान्तमा १ हजार बढी थपिए । सबैभन्दा बढी टोक्योमा ४० हजार ४ सय छ, ओसाकामा २४ हजार २ सय ९६, आइचीमा १५ हजार ६ सय ७५, खानागावामा १५ हजार २ सय ५५, साईतामामा १३ हजार ५८, फुकुओकामा १२ हजार ७ सय १४, चिबामा ११ हजार ७ सय ७८ र ह्योगोमा ११ हजार २७ जना संक्रमित थपिए ।



Tags: