गत २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     २६ साउन २०७९ मा प्रकाशित


पोखरा । कोरोना भाइरसको सङ्क्रमण आज ८१५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार पाँचसय ३४ परीक्षणमध्ये ८१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७६ घर फर्किएका छन् ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८२ को सङ्क्रमणबाट निधन भएको छ ।



Tags: