
चित्रकला पदम घले
पोखरेली कलाको ईतिहासमा सिर्जनशील कलाकार समुहले अहिले सम्म कला सम्बन्धि गतिविधिहरू आयोजन गर्दै आएको छ । साथै संस्थागत आर्ट ग्यालरी पोखरा आर्ट ग्यालरी महेन्द्पुलमा संचालन गर्दै आएको छ ।
पोखराका अग्रज कलाकारहरूको मुख्य योगदान रहेको छ । २०२८/०३० साल देखि आज वर्तमान सम्म आईपुग्दा धेर्रै स्थापित कलाकारहरू जन्मि सकेका छन् ।
यस वर्ष पनि यस संस्थाले अनन्त रेखाहरू अर्थात Eternan Anual Lines नाममा चित्रकला प्रर्दशनि पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा यहि भाद्र १० गते उदघाटन हुने भएको छ ।

यस प्रदशनिमा स्थापित कलाकार देखि अनुज कलाकारहरू सम्मका करिब ८७ थान पेन्टिङ्गहरू समावेश छन् । यस प्रर्दशनिमा सबै विधाका कृतिहरू समावेश गरिने छ ।
साथै प्रदेश भरिका कलाकारहरू सहभागि हुने छन् ।विगत दुई वर्ष कोरोना महामारीले गर्दा कार्यक्रम हुन सकेको थिएन ।
कार्यक्रम एक समारोह विच संस्थाका अध्यक्ष मिलन शेरचन र उपाध्यक्ष डि बि गुरूङ्गले पत्रकारहरूलाई कला सम्बन्धि जानकारी गराएका थिए ।
चित्रकलाः पदम घले