
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
मंगलबार १.८५ अंकले बढेको नेप्से आज २.८७ अंकले बढेर कारोबार बन्द भएको छ । आज ०.१४ प्रतिशतले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २२३ धितोपत्रको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर ३३ हजार ६५७ पटकमा रू. १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २१७ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२३ धितोपत्रमध्ये मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
शेयर मूल्य प्रतिकित्ता रू. ४२० दशमलव २० पुगेको छ । त्यसैगरी दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ३३१ दशमलव ३० पुगेको छ ।
बुधवार सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य ३ दशमलव ५८ प्रतिशत घटेर रू. ८ दशमलव ६२ कायम भएको छ । त्यसैगरी दोस्रोमा गोर्खाज फाइनान्सको शेयर मूल्य २ दशमलव ३६ प्रतिशत घटेर रू. ५७९ मा झरेको छ ।
यस दिन अरुण काबेली पावरको शेयर सर्वाधिक खरीदविक्री भएको छ । यस कम्पनीको रू. १६ करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भयो । शेयर मूल्य प्रतिकित्ता रू. ४८३ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. ८ करोड ८ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक शून्य दशमलव ३० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३० प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४५ प्रतिशत र व्यापार समूहको परिसूचक १ दशमलव ०६ प्रतिशतका दरले घटेको छ भने बाँकी समूहको समूहगत परिसूचक बढेको छ ।