
महानगरपालिकाले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा आज बिहान डोजर चलाएको छ ।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको भए पनि सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन अझै बाँकी नै रहेका छ ।
अब उक्त स्थललाई पार्क र पार्किङ स्थलको रुपमा उपयोग गर्ने महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।
२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालय, गोलघरमा बन्ने भवनमा सारिने मेयर आचार्यले ग्यालरीको अनन्त रेखाहरु को कार्यक्रममा बताएका थिए ।

