वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने काँग्रेसको सङ्कल्प (पूर्ण पाठसहित)

-


     मर्दी न्युज    
     १२ कार्तिक २०७९ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसले ५२ पृष्ठको सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन् ।

काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको उल्लेख छ ।

काँग्रेसको घोषणापत्रमा भनिएको छ, ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गर्दछ ।’ वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो ।

काँग्रेसले हाल नेपालमा ७० लाखभन्दा बढी जनसङ्ख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आबद्ध रहेको उल्लेख गरेको छ । नेपालमा रोजगारीका पाँच ठुला क्षेत्र कृषि, थोक तथा खुद्रा बिक्री, उत्पादनमूलक उद्योग, निर्माणमा र शिक्षा रहेको भन्दै काँग्रेसले आगामी पाँच वर्षमा नयाँ रोजगारीका क्षेत्र पहिचान गर्ने र त्यसमा अवसर सिर्जना गर्ने उल्लेख गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ ः