पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।
उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । चुनावमा गठबन्धनलाई असहयोग गरेको र गठबन्धन जिताउन नलागेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको हो ।
सरकारका प्रवक्तासमेत रहेका खड्काले कास्की २ (ख) का उम्मेदवार कांग्रेसका विन्दुकुमार थापालाई असहयोग गरेको आरोप लगाएको बताइन्छ ।
मुख्यमन्त्री नेपालीले गत कात्तिक २२ गते ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई पनि हटाएका थिए ।