मनाङ प्रदेशसभा (१) मा कांग्रेसबाट गुरुङ निर्वाचित

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


लमजुङ । हिमाली जिल्ला मनाङको प्रदेश सभा (१) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएको छ । उनले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का राजनबहादुर गुरुङलाई पराजित गरेको हो ।

बिजयी गुरुङले १ हजार २ सय ५५ मत पाएको थियो भने पराजित गुरुङले ९ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (२) मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसकेको छ । मनाङमा प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ । हाल मतगणना कार्य भइरहेको छ । पोल्देन छोपाङ गुरुङले अग्रता लिएको छ ।