प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

-


     मर्दी न्युज    
     पुस १९ गते २०७९ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनीहरूबीच सरकारले ल्याउने भनेको साझा कार्यक्रमहरूका विषयमा पनि छलफल भएको हो। सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए।