
पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपालका पदाधिकारी टोलीले भेटेर बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा शनिवार संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश ईञ्चार्ज केदारनाथ शर्माको टोलीले मुख्यमन्त्री अधिकारीलाई भेटेर बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिँदै प्रदेशको समग्र पर्यटन प्रबद्र्धनका लागि पहल गरिदिन आग्रह गरेको छ ।
उक्त भेटमा विषेश गरी प्रदेश पर्यटन ऐनमा भएका कमजोरीहरु, पोखराबाट अन्तराष्ट्रिय विमान संचालन गर्न, पोखरा अन्तराष्ट्रिय विमानस्थलको महङ्गो पार्किङ शुल्क, विमानस्थलको आन्तरिक व्यवस्थापन तथा यात्रुले भोग्नुपरेका समस्याहरु, ट्राफिक व्यवस्थापन, मुग्लिङ पोखरा सडक विस्तारमा भएको ढिलासुस्ती लगायतका विविध विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमान संचालन, सडक निमार्णमा भएको ढिलासुस्तीमा विषेश चासो दिंदै उठेका विषयहरु समाधानतर्फ आफू केन्द्रित हुने बताएका थिए । उनले बोल्नभन्दा पनि एक्सनमा काम गर्न आफू लागीपर्ने समेत बताए ।
संगठनका तर्फबाट केदारनाथ शर्मा, नरेश भटराई, बासु त्रिपाठी, चिरञ्जीबी पोखरेल लगायतले आफ्ना ध्यानाकर्षण गराएका थिए । उक्त भेटमा संगठनका तर्फबाट केन्द्रीय सचिव जीवनराज सापकोटा, केन्द्रीय सदस्यद्वय चिरञ्जीवी पोखरेल र हरी भुजेल, नेकपा एमालेका केन्द्रीय पर्यटन विभागका सदस्य नरेश भटराई, संगठनका पुर्व केन्द्रीय उपाध्यक्षहरु बासुदेब त्रिपाठी र सुर्य भुजेलका साथै वरिष्ठ पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
