एमालेको राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली

-


     मर्दी न्युज    
     माघ ५ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुनुपर्ने बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको पनि उनले बताए ।

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ काँग्रेसले त गठबन्धन भत्काउँछौँ, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘ठिकै छ ।’

राष्ट्रपति उम्मेदवार को बन्ने भन्ने कुरा बाहिर आउन बाँकी नै छ ।