
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिक रूपमा सोधेको जानकारी दिए । अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाइएको छ ।