
काठमाडाै । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्योबीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजयपश्चात् यो मुद्दा किन उठ्यो पूर्वाग्रही आँखाले किन हेरियो?,’ विज्ञप्तिमा भनिएको छ।
१० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।

