
एजेन्सी । दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार त्यहाँको समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नतुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ। गाजिएनटेपको लगभग २० लाख जनसङ्ख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको उल्ल्ेख गरिएको छ।
जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७.७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्र विन्दु जमिनबाट १० किलोमिटर तल थियो ।