प्रदेश सरकारले पोखरा बृद्धाश्रमका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने

-


     मर्दी न्युज    
     माघ २४ गते २०७९ मा प्रकाशित


पोखरा, २४ माघ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएका छन् । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको आजै उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

उद्घाटन मन्तब्य ब्यक्त गर्दै मन्त्री गुरुङले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरेका थिए ।
मन्त्री गुरुङ्गले आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताएका थिए । हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिएका थिए ।

गत आर्थिक वर्षमा सामाजिक बिकास मनलयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक विकास कार्यालय मार्फत संचालन भएको छ । आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क परीक्षण गरिने जानकारी समेत आश्रमका सचिव धर्मबहादुर तमुले दिएका थिए ।

यसै गरी ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहलाई सहभागिताको प्रमाण पत्र समेत प्रमुख अतिथिबाट वितरण गरिएको थियो । सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो । आश्रमका सहकोषाध्यक्ष सुजन लामाले उक्त अवसरमा श्रृजनशील कार्यमा सहयोग पु¥याउनु हुने सहजकर्ता काशी गुरुङ, कार्यक्रम संयोजक सीता काफ्ले, सहभागी मन्दीरा पराजुली लगायतले अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।