
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सुखद रहेको बताएका छन् ।
सोमबार संसदमा उनले भारत भ्रमणका क्रममा बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी भएको जानकारी दिए ।
“पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर तयार गर्ने समझदारी भएको छ,” प्रधानमन्त्रीले भने, “डीपीआर स्वीकृतिपछि एक वर्षभित्र लगानीको मोडालिटी तयार पार्ने समझदारी भएको छ ।”
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामार्फत १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, ठूलो भूभागमा सिँचाइ उपलब्ध गराउनेसहितका उद्देश्य राखेको आयोजना सधैँ परियोजना विकास र निर्माण सुरु गर्ने समझदारीमा सीमित हुँदै आएको छ ।