
पोखरामा रहेर फ्रीलाईन गाईड गर्ने र यस पटक लेकसाईड स्थित इस्टर्न लाईट ट्रेक्स प्रा.लि.बाट ट्रेकिङ गाइडको रूपमा कार्यरत तुल बहादुर गुरुङको कामकै शिलशिलामा मृत्यु भएको छ।
एकजना कोरियन पर्यटकलाई लिएर अन्नपूर्ण आधार शिविर ट्रेकिङ जाँदै गर्दा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नँ ११ को झिनुडाँडा देखि केहि मास्तिर र ताउलुङ्ग गाउँ निस्किनुभन्दा थोरै तल चौतारी भएको स्थानमा भदौ ३० गते शनिबार उच्च रक्तचापको कारणले मृत्यु भएको हो।
बि. सं २०२१ साल भदौ १ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नं २, र्यालेखोरमा जन्मभै पोखरा महानगरपालिका वडा नँ १६ मा डेरागरि बस्ने स्वर्गीय गुरुङका दुई श्रीमती दुई छोरा र एक छोरी रहेका छन्। मृतक गुरुङको पारिवारिक श्रोत अनुसार हिजो असोज २ गते गण्डकी अस्पतालमा पोस्ट मार्टम गरि गुरुङ संस्कार अनुसार बौद्ध अर्घौं सदन रामघाटमा दाहसंस्कार गरिएको थियो ।

