लायन्स क्लब अफ पोखरा हेवनले मनायो दोस्रो चार्टर नाइट

-


     मर्दी न्युज    
     असाेज ५ गते २०८० मा प्रकाशित


पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखरा संगमको स्पोनसरशिपमा दुई बर्ष अगाडि स्थापित लायन्स क्लब अफ पोखरा हेवनले हिजो एक कार्यक्रम गरि क्लबको चार्टर नाइट भब्य रूपमा मनाएको छ।

पोखराको लेकसाईड स्थित होटल एसियाको सभाहलमा शुभकामना आदानप्रदान पश्चात् केक काटेर रमाइलो गरि चार्टर नाइट मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ के का डिस्ट्रीक्ट एडभाइजर चिफ लायन टिकाराम सापकोटा तथा बिशेष अतिथि सिनियर लायन लीला भट्टराई हुनुहुन्थ्यो।

क्लबका अध्यक्ष लायन दिपक प्रसाद सापकोटाले क्लबलाई सफलता पुर्वक अगाडि बढाउन भावी योजनाहरु र क्लबले हालसम्म गरेका गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो।