हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो, कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता

-


     मर्दी न्युज    
     २१ अशोज २०८० मा प्रकाशित


काठमाडौँ, २१ असोज। कीर्तिमानी नेपाली आरोही तेन्जेन लामा हिम पहिरोमा परेर बेपत्ता भएका छन् । उनी चीनको सिसापाङ्मा हिमाल आरोहण गर्ने क्रममा हिमपहिरोमा परेका हुन् ।

चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको भने मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । उनीहरूको शव फेला परेको छ ।

तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। 

सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो ७ हजार ६ सय मिटरमाथि हिमपहिरो गएको हो ।