काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु-स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले जनतामा पलाएको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रूपमा उल्लेख गरेको बताए । सामाजिक, सांस्कृतिक, चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रूपमा रहेको उनको भनाइ छ ।