
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। दसैंपछिको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
दशैं अघिको अन्तिम कारोबार ९३ कात्तिक०का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।
यस्तै तेजाबी सुन १ लाख १५ हजार ४५० पुगेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।