उपत्यकामा पहिलो पटक भेटियो वहुरुपी भुँईरविन

-


     मर्दी न्युज    
     कार्तिक १० गते २०८० मा प्रकाशित


फोटोः संजय था श्रेष्ठ

विरल हिउँदे आगन्तुक तथा बटुवा प्रजातिको बहुरुपी भुँईरविन पहिलो पटक काठमाण्डौं उपत्यकामा अभिलेख गरिएको छ । 

पंछी अवलोकनका क्रममा आज विहान पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे तथा वन्यजन्तु फोटोग्राफरद्धय संजय था श्रेष्ठ र दिपक बुढाथोकीको टोलीले मनोहरा खोला क्षेत्रमा फोटो सहित अभिलेख गरेका छन् ।

सन् १९७९ मा सुर्खेतको बिरेन्द्र‌नगरमा नेपालका लागी पहिलो पटक अभिलख गरिएको यो भुँईरविन वर्दियाको चिसापानी क्षेत्रमा सन् १९८८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९७५ र १९९८, सन् २०११ मा कोशी  वर्ड अब्जरभेटरी, सन् २०१३ मा जाजरकोट तथा सन् २०२३ को मार्च महिनामा पोखरा उपत्यकामा मेटिएको थियो ।

मनोहरा क्षेत्रमा पहिलो पटक लघुकर्ण लाटोकोसेरोको अभिलेख

१९ औं शताब्दीमा कुटनितिज्ञ तथा वन्यजन्तु अनुसन्धानकर्मी ब्रायन हड्‌सनले नेपालका लागी पहिलो पटक अभिलेख गरेको लघुकर्ण लाटोकसेरो आज विहान पंछी अबलोकनका क्रममा मनोहरा खोला क्षेत्रको काँसेघारीमा संजय था श्रेष्ठ र मनशान्त घिमिरेले कालो चिलले लखेटी रहेको अबस्थामा भेटेका थिए ।