घट्यो पेट्रोलियम पदार्थको मूल्य

-


     मर्दी न्युज    
     मंसिर १५ गते २०८० मा प्रकाशित


नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।

शुक्रबार दिउसो एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।