पोखरामा ज्यान मार्ने धम्की दिदैं करोडौं फिरौती माग्ने दुई जना पक्राउ

-


     मर्दी न्युज    
     २५ माघ २०८० मा प्रकाशित


पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका २ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा डेरागरी बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल हाल सिमलचौरमै डेरामा बस्दै आएका ४२ वर्षीय दिपक बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुलेले पोखरामहानगर पालिका वडा नम्बर १६ लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनीहरुले फोनमा कुरा गर्दा र म्यासेज पठाउँदा हिन्दी भाषाको प्रयोग गर्ने गरेको एसपी थापाले बताए । लक्ष्मण वैदेशिक रोजगारीका लागि ४ वर्ष कतारमा बसी १ महिना अघिमात्रै नेपाल आएको पाइएको छ ।

उनीहरूको साथबाट विभिन्न किताब, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको प्रहरीले जानकारी दिए । उनीहरूमाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।



Tags: