
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जसको प्रभावले अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरुमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति भने गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।