
ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अविनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।
हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।

