पृथ्वी राजमार्ग: पश्चिम खण्डमा कालोपत्र सकियो

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०८३ मा प्रकाशित


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वी चोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ ।

सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै
सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो ।