
पोखरा । सामाजिक सेवामा कटिबद्ध लायन्स क्लब अफ पोखरा हेवनद्वारा पोखरा महानगरपालिका- २८, स्याङ्गखुदी स्थित श्री भुर्तेल आधारभूत बिद्यालयमा रु ३५०००/- मुल्य बराबरको पाठ्यपुस्तक तथा स्टेसनरीका सामान बितरण गरेको छ ।
आज बैशाख २८ गते (मे १० तारीख सन् २०२४) बिहान बिद्यालय परिसरमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ के का जोन चियरपर्सन लायन भोलानाथ ओझाले महानगर भएपनी कठिन भूगोलमा रहेका विद्यार्थीहरुलाई पाठ्यसामग्री उपलब्ध गराएकोमा लायन्स क्लब अफ पोखरा हेवनलाई धन्यवाद दिनुभयो।

बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद भुर्तेल तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोलाको रोहवरमा लायन्स क्लब अफ पोखरा हेवनका चार्टर प्रेसिडेन्ट जिवनराज सापकोटा सहितको टोलिले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु बितरण गर्नुभएको थियो।
क्लबका प्रथम उपाध्यक्ष शेषकान्त शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन क्लबका द्वितीय उपाध्यक्ष राम प्रसाद ओझाले गर्नुभएको थियो भने प्रकाश भुर्तेलले सहजीकरण गर्नुभएको थियो ।
