सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

-


     मर्दी न्युज    
     जेठ २ गते २०८१ मा प्रकाशित


आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।