अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ ।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।
सरकारले पनि कूटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । यता नेपाली क्रिकेट समर्थकहरूले पनि उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।