पोखरा महानगर पालिकाको आयोजना र कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा बक्सिङ च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ ।
यही जेष्ठ १७ र १८ गते २ दिन संचालन भएको उक्त खेल प्रतियोगिता कार्यक्रममा सभापति कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठ, प्रमुख अतिथी पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र बिशेष अतिथी नेपाल बक्सिङ महासंघ केन्द्रिय अध्यक्ष राम अवाल रहेका थिए ।
प्रमुख अतिथि आचार्यले खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने कुरा बताउनुहुदै अगामी वर्षमा पनि पोखरा महानगरपालिकाबाट साथ सहयोग र सहकार्य रहने प्रतिवद्धता जाहेर गरेको थिए ।
कार्यक्रममा प्रथम ओलम्पिअन नामसिङ थापा, विशेष सहयोगी दिपेन्द्र मर्सानी र ७० को दशक देखि अनवरत प्रशिक्षकको भूमिकामा सेवा गरे बापत भु.पु.भारतीय सैनिक हनेरी क्या. लोक बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल भरीको राष्ट्रिय स्तरको तथा सशस्त्र प्रहरी र नेपाल आर्मीका महिला तथा पुरुष गरि ३० जना खेलाडीहरुको सहभागिता थियो ।
उक्त प्रतियोगितामा रेफ्रीको भूमिकामा एनबिसी (आईबिए वान स्टार) अनुराधा लामा रहेका थिए ।
५२ केजी तौल महिला बक्सिङ खेलमा सन्जु तामाङ थिङले गोल्ड मेडल तथा महिला तर्फबाट उत्कृष्ट खेलाडीको उपाधी जित्न सफल भएका थिए ।
६७ केजी तौलमा पुरुषमा आयुश तामाङले सिल्भर मेडल र ८० केजी तौल समुहमा मनोज तामाङले गोल्ड मेडल जित्न सफल भएका थिए ।
कार्यक्रममा कास्की जिल्ला बक्सिङ संघका सचिव भक्त तामाङको सन्चालन रहेको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष राजु बहादुर कोइरालाले गरेका थिए ।