ला.ब. २०२४/२५ को योजना बनाउदै डिस्ट्रीक्ट ३२५ के अन्तर्गतको जोन ३५

-


     मर्दी न्युज    
     असार २ गते २०८१ मा प्रकाशित


सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के अन्तर्गतको जोन ३५ मातहतको तीन वटा क्लबहरुको प्री एडभाइजरी कमिटी मिटिङ्ग पोखराको न्युरोड स्थित सिटि स्क्वायरको रुपा हलमा हिजो २०८१ असार १ गते सनिवार सम्पन्न भएको हो।

क्लबको अन्तर्राष्ट्रिय नियम अनुसार जोन ३५ का जोन चेयरपर्सन लायन गणेश सापकोटाले कार्यक्रम आयोजना , अध्यक्षता तथा कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा जोन अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा संगमका प्रेसिडेन्ट इलेक्ट लायन कोपिला श्रेष्ठ, लायन्स क्लब अफ पोखरा हेवनका प्रेसिडेन्ट इलेक्ट शेष कान्त शर्मा, लायन्स क्लब अफ पोखरा किरणका प्रेसिडेन्ट इलेक्ट रोशनी छिनाल लगायत लायन बर्ष २०२४/ २५ का सम्पूर्ण पिभिएसटी हरुको उपस्थिति थियो।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के का डिस्ट्रीक्ट पिआरओ चिफ(इलेक्ट) लायन टिकाराम सापकोटा, डिस्ट्रीक्ट एओजि चिफ(इलेक्ट) लायन मदन कुमार मुल्मी, डिस्ट्रीक्ट मार्केटिङ अफिसर(इलेक्ट) लायन सीता श्रेष्ठ , क्लस्टर चिफ(इलेक्ट) लायन रितु पौडेल, जिएलटि एरिया कोअर्डिनेटर(इलेक्ट) लायन भोलानाथ ओझा , रिजन चेयरपर्सन(इलेक्ट) लायन जिवनराज सापकोटाले प्रशिक्षण मुलक भनाई तथा आबस्यक निर्देशन दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा डिस्ट्रीक्ट गभर्नरज्यु को थिम अनुसार अगाडि बढ्नुका साथै रक्तदान, बृक्षारोपण, हेल्थक्याम्प , शैक्षिक सामाग्री बितरण जस्ता प्रभावकारी योजनाहरु ला. ब २०२४/२५ मा निरन्तरता दिने निष्कर्ष निकालिएको थियो।