लायन्स क्लब को नयाँ आर्थिक वर्ष २०२४/२५ का अवसरमा विभिन्न सेवामुलक कार्यक्रमहरु सम्पन्न भएका छन् । यसै अवसरमा हिजो मात्र ६४ पोईन्ट रगत संकलन गरेको लायन्स क्लब अफ पोखरा संगमले सप्ताह ब्यापि कार्यक्रम अन्तर्गत आज पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको दृष्ट्रिबिहिन आश्रममा पुगेर खाघान्न बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका Hunger Relief Chief लायन मिनराज काफलेको प्रमुख आतिथ्यतामा तथा बिशेष अतिथि डिस्ट्रीक्टकै पिआरओ चिफ लायन टिकाराम सापकोटा, जिएलटि एरिया कोअर्डिनेटर लायन भोलानाथ ओझा, रिजन चियरपर्सन लायन जिवनराज सापकोटा, जोन ३५ का जोन चियरपर्सन लायन गणेश सापकोटा समेतको उपस्थितीको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा क्लबले चामल, दाल, तेल, नुन, चाउचाऊ, बिष्कुट, चिनी, चियापत्ति, जुस लगायतका भान्छामा अति आबश्यक सामाग्रीहरु अपाङ मैत्री समाज कास्कीका अध्यक्ष तथा आश्रमका प्रमुख दण्डपाणी ढकाललाई हस्तान्तरण गरिएको थियो ।
यसरी लायन्स क्लब अफ पोखरा संगमले बिगत चार बर्षदेखि निरन्तर रुपमा आश्रमलाई खाघान्न लगायतका महत्वपुर्ण सहयोग गर्नुभएकोमा क्लब प्रर्ति आश्रमका प्रमुख दण्डपाणी ढकालले धन्यवाद दिनुभएको थियो ।
क्लबका अध्यक्ष लायन कोपिला श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि लायन मिनराज काफले, जिएलटि एरिया कोअर्डिनेटर लायन भोलानाथ ओझा, रिजन चियरपर्सन लायन जिवनराज सापकोटा, जोन ३५ का जोन चियरपर्सन लायन गणेश सापकोटा लगायतले आफनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका क्लबका प्रथम उपाध्यक्ष लायन शोभा कुमारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिब लायन गौरी ओझाले गर्नुभएको थियो । स्मरण रहोस यो दृष्ट्रि बिहिन आश्रम यस अघि घोतघोते, गगनगौडामा रहेकोमा गत बर्षको तिहारको बेला आगलागी भई पुर्ण क्षति भएकाले हाललाई अस्थायी रुपमा पोखरा २६ मा रहेको छ भने यहाँ २५ जना दृष्ट्रि बिहिन आश्रित रहेका छन ।
कार्यक्रम पश्चात क्लबका अध्यक्ष लायन कोपिला श्रेष्ठले दिएको जानकारी अनुसार आगामी आषाढ १९ गते क्लबले पाठेघरको क्यान्सर पिडित सुमित्रा राई र विष्णु सापकोटालाई नगद सहयोग गर्दैछ भने आषाढ २० गते क्लबले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्रसुतिगृहमा सुबिधायुक्त बेञ्च हस्तान्तरण, २१ गते क्लबको आन्तरिक कार्यक्रम, २२ गते वृक्षारोपण र २३ गते सरसफाई कार्यक्रम समेत रहेको जानकारी गराउनु भयो ।
बोटबिरुवा गोडमेल कार्यक्रम सम्पन्न
यसै गरि हिजोमात्र कोपिला नेपाललाई खाघान्न सहयोग गरेको लायन्स क्लब अफ पोखरा पिस चौतारीले आज पनि लायन्स वर्ष २०२४/२५ को दोस्रो दिन बातावरण मैत्री कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा रङ्गशाला भित्र केहि बर्ष अघि आफैले रोपेको बिरुवालाई गोडमेल गरि मल जल तथा संरक्षण गर्नेकार्य गरिएको छ। बृक्षारोपण गर्ने तर सो पछि आवश्यक गोडमेल र संरक्षण नहुदा प्रभाबकारी नतिजा नदेखिरहेको अवस्थामा आफुले रोपेका बिरुवालाई मलजल र संरक्षण पनि आफै गर्नुपर्दछ भन्ने सोचका साथ यस कार्यक्रमको आयोजना गरिएको र भोली आषाढ १९ गते बागमारामा बृक्षारोपण कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष टि आर काफलेज्यूले बताउनु भयो ।
क्लबका अध्यक्ष लायन तुल्सिराम (टि आर) काफ्ले ज्युको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका प्रथम भाइस डिष्ट्रिक गभर्नर लायन दुर्गा प्रसाद हुमागाइ ज्युको प्रमुख आतिथ्यतामा तथा डिष्ट्रिककै इन्भारमेन्टल चिफ लायन भुपेन्द्र गिरीको उपस्थितीमा सम्पन्न सो कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष ज्युहरु र क्लबका लायन्स सदस्यज्युहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सयोजन क्लबका सद्स्यता निर्देशक शालिकराम सुबेदि ज्युले गर्नुभएको थियो ।
क्लबले सो अबसरमा करिब १५००० बराबरको मल तथा अन्य सामाग्री समेत उपलव्ध गराएको थियो ।