लायन्स क्लब अफ पोखरा संगमद्वारा बेन्च हस्तान्तरण कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     असार २१ गते २०८१ मा प्रकाशित


Lions International District 325 K अन्तर्गतको अत्यन्तै सकृय क्लव लायन्स क्लब अफ पोखरा संगमद्वारा Service सप्ताह अन्तर्गत असार २० गतेका दिन क्लबका पुर्व अध्यक्ष एवं तत्कालिन रिजन चेयरपर्सन स्व. किरण श्रेष्ठको स्मृतिमा जन्म जयन्तीको अवसरमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बेन्च हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

Lions club of Pokhara Sangam का अध्यक्ष तथा कार्यक्रम संयोजक Lion Kopila Shrestha को सभापतित्वमा र District 1st Vice district Governor Lion Durga Prasad Humagain को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक बरिष्ठ हाड तथा नसा रोग बिशेषज्ञ डा. भरतबहादुर खत्री रहनुभएको थियो ।

डिष्ट्रिक ३२५ के का गभर्नर लायन निरा बज्राचार्य को नारा “करुणामयी सेवा “लाई आत्मसाथ गर्दै प्रमुख अतिथि District 1st VDG Lion Durga Prasad Humagain ले अस्पतालका निर्देशक डा.भरत बहादुर खत्रीलाई रु १२५०००/- बराबरको बिरामी र बिरामीका सहयोगी बस्ने १२ थान बेन्च हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन दुर्गा प्रसाद हुमागाईले लायन्स क्लव अफ पोखरा संगमले डिष्ट्रिकको योजना अनुसारका महत्वपुर्ण सेवाका कार्यक्रमहरु गर्दै आईरहेको भन्दै क्लवका अध्यक्ष तथा क्लव परिवारको प्रशंसा गर्दै धन्यबाद र शुभकामना दिनुभयो ।

यसैगरि बिशेष अतिथि डा.भरत बहादुर खत्रीले हस्पिटललाई अत्यावश्यक बेन्च हस्तान्तरण गरेकोमा क्लवलाई र लायन्स डिष्ट्रिक के लाई पनि बिशेष धन्यबाद दिदै लायन्स क्लबहरुलाई खुसी बाड्ने संस्था भन्दै प्रशंसा गर्नुभयो र धन्यबाद पत्र समेत प्रदान गर्नुभयो । Zone -35 का Zone Chairperson लायन गणेश सापकोटाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नु भएकोमा लायन्स क्लब अफ पोखरा संगमलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै महत्वपूर्ण कार्य गर्दै सबैको मन जित्नका लागी शुभकामना मन्त्यव्य दिनु भएको थियो ।

लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष लायन कोपिला श्रेष्ठले समाजसेवी स्व. किरण श्रेष्ठ को स्मृतिमा उहॅाकै सामाजिक भावनाको अनुशरण गर्दै स्वास्थ्य संस्थामा सामाजिक सेवाको कार्य गर्ने अवसर पाएकोमा गौरवान्दित भएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने र यस कार्यमा सहयोग गर्ने सम्पुर्णमा धन्यबाद तथा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा District PRO in Chief लायन टिकाराम सापकोटा District Chief AOG लायन मदन कुमार मुल्मी ,District Secretariat chief लायन वसन्त गिरी ,District fellowship chief लायन श्रीकृष्ण कतिला , District Hunger relief chief लायन मिनराज काफ्ले , District Assistant Chief Advisor लायन शिव शर्मा चापागाइ, District Marketing coordinator लायन सीता श्रेष्ठ , District GLT Area coordinator लायन भोला नाथ ओझा, Region १७ का Region Chairperson लायन जीवनराज सापकोटा Zone -35 का Zone Chairperson लायन गणेश सापकोटा र Lions club of Pokhara Sangam सदस्यहरुको सहभागिता रहेको थियो ।क्लबका प्रथम उपाध्यक्ष लायन शोभा सापकोटाले स्वागत गरेको कार्यक्रम क्लवका सचिव लायन गौरी ओझाले सन्चालन गर्नुभएको थियो ।