प्रधानमन्त्री ‌ओलीद्वारा कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक (पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     ६ साउन २०८१ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्याहरुलाई निकास दिने गरी दुई ठूला पार्टीहरुबीच सहकार्यको सुरुवात भएको बताए ।

राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताएका छन् ।

त्यस्तै ओलीले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधि सभा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे बोलेका हुन् । ‘एउटा कुरा दुनियाँका अगाडी र दुनियाँले सुन्ने गरी भन्न चाहन्छु– ‘भ्रष्टाचार गर्दैनौँ । भ्रष्टाचार सहन्नौ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले भ्रष्टाचारका सबै विषयहरू अनुसन्धान हुने बताए । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौँ । यसमा ढुक्क भए हुन्छ,’प्रधानमन्त्री ओलीले भने । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार पनि छानबिन गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठः