राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त

-


     मर्दी न्युज    
     १० साउन २०८१ मा प्रकाशित


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ ।
मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको हो। अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्रका प्राध्यापक हुन् ।

यसैगरी, बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

यसैगरी, सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।