काभा वुमन्स भलिबलः पहिलो खेलमा नेपालको जित

-


     मर्दी न्युज    
     १७ साउन २०८१ मा प्रकाशित


काठमाडौँ । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित हासिल गरेको हो ।

पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र मालदिभ्स गरी पाँच देशको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । साउन २३ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल भलिबल सङ्घले पहिलो पटक काभा महिला नेसन्स लिग आयोजना गरेको हो । नेपाल यस प्रतियोगिताको साबिक विजेता हो । नेपालले महिलातर्फ सन् २०२३ को उपाधि जितेको थियो ।