
काठमाडौँ । नेपाल काभा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
आज दशरथ रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।
अब नेपालले भारतसँग फाइनल खेल खेल्नेछ । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।