बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश

-


     मर्दी न्युज    
     भाद्र २ गते २०८१ मा प्रकाशित


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

जाहेरवालाको तर्फबाट पनि कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेका थिए ।

शरणार्थी प्रकरणमा पक्राउ परेका बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी बनाईएको छ ।