जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

-


     मर्दी न्युज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित


दमौली (तनहुँ), १९ भदौ । जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो ।

उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए ।

दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो । रासस

तनहुँ जलविद्युत आयोजनाको प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणस्थलमा बुधबार भेटिएको अजिङ्गर । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजना बमोजिम डिभिजन वन कार्यालय तनहुँसँगको समन्वयनमा उद्धार गरी उद्धार केन्द्रलाई हस्तान्तरण गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस