कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने

-


     मनशान्त घिमिरे    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


फोटो: मनशान्त घिमिरे

१६ औं गिद्ध सचेतना दिवसका अवसरमा भोली मिति २०८१ साल भाद्र २२ गते शनिवार कास्की र तनहुँका ८ स्थानमा गिद्ध गणना हुने भएको छ ।

पोखरामा रहेर विगत १ दशक देखि गण्डकी प्रदेशमा चरा तथा यीनका वासस्थान संरक्षण, सम्वद्र्धन एवं चरा पर्यटनमा काम गरीरहेको संस्था पोखरा पंछी समाजले विगतका वर्षहरु झै यस वर्ष पनि उक्त गणना कार्यक्रम गर्न लागेको हो ।

सेप्टेम्बर महिनाको पहिलो शनिवारका दिन मनाईने यो दिवस दक्षिण अफ्रिकावाट Endangered Wildlife Trust ले सन् २००५ वाट राष्ट्रिय रुपमा मनाईन थालिएको थियो । पछि Hawk Conservancy Trust ले यूकेमा पनि यस दिवसलाई मनाउन थालेको थियो । सन् २००९ वाट परिष्किृत रुपमा अन्तराष्ट्रिय स्तरमा सचेतना दिवस भनि मनाउन थालिएको थियो । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसियन) अन्तरगत गिद्ध विज्ञ समुहले अझ यसलाई सशक्त रुपमा संसारभर सचेतनामूलक कार्यक्रम गरि मनाउन थाले पश्चात यस दिवसको चर्चा शिखरमा पुगेको थियो ।

सोही साल सने २००९ वाटनै नेपालमा पनि थालिएको उक्त दिवस गिद्धको महत्व, लोपहुनुका कारण, संरक्षण सहभागितामा स्थानिय समुदायको उपस्थित गराई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो महत्वपूर्ण दिन तथा यस साताभर विभिन्न कार्यक्रमहरु गरि मनाउँदै आईएको छ । नेपाल पंछी संरक्षण संघको अगुवाईमा यो दिवस नेपालका ३० भन्दा बढि संघ संस्थाहरुले साझा कार्यक्रमको रुपमा मनाउँदै आएका छन् ।

पोखरा उपत्यकामा पोखरा पंछी समाजले सन् २०१७ वाट नै गिद्ध संरक्षण गतिविधिमा फोटो प्रर्दशनी, विद्यालय तथा कलेजमा सचेतनामूलक कार्यक्रम, गणना, चित्रकला, वक्तृत्वकला कार्यक्रमहरु गर्दै आएको छ ।

समाजले यस वर्ष पनि कास्की र तनहुँमा गिद्धको गणना गर्न गईरहेको छ । जस अन्तर्रगत कास्कीको घाचोक, पूम्दीभूम्दी, दोविल्ला, मझेरीपाटन तथा विजयपुर खोला क्षेत्र, दोविल्ला तथा सेती नदी क्षेत्र र लामेआहालमा भोलि गणना कार्यक्रम राखिएको समाजका सचिव तथा गिद्ध विज्ञ समुहका सदस्य हेमन्त ढकालले जानकारी दिए । त्यसैगरि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानी र व्यास नगरपालिका वडा नं १० शिशुवा भतेरी समेत गणना गरिने छ ।

गणना कार्यक्रममा समाजका पदाधिकारी, साधारण सदस्य, आजिवन सदस्य, सरोकारवाला निकायहरु, पत्रकार आदिको उपस्थितिमा स्वयंसेवीरुपमा रहने ढकाल बताउँछन् ।



Tags: , , ,