तस्विरः मनशान्त घिमिरे
पोखरा । ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति तेजन गुरुङलाई सम्मान गरिएको छ ।
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले शनिवार पोखरामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी गुरुङलाई सम्मान गरेको हो ।
गुरुङले विश्वको चौधौ अग्लो हिमालमध्ये ९ अक्टोबर २०२४ मा शिशपाङ्माको सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने गुरुङ समुदायबाट पहिलो आरोही बन्न सफल भएका हुन् ।
गुरुङ पोखराका पूर्व ब्रिटिश सेनाका कमाण्डो हुन् । १९९५ मा जन्मिएका गुरुङले २०२२ को मे २७ तारिखका दिन सगरमाथाको आरोहणबाट आफनो हिमाल यात्रा सुरु गएका थिए ।
गुरुङले आरोहण गरेका हिमालहरुमा सगरमाथा–२७ मे २०२२, ल्होत्से–२८ मे २०२२, अन्नपूर्ण–१५ अप्रिल २०२३, मकालु–२३ मे २०२३, कञ्चनजंघा–१ जुन २०२३, नागा पर्वत–२ जुलाई २०२३, जी २–१७ जुलाई २०२३, जी १–२१ जुलाई २०२३, बोर्ड पीक–२५ जुलाई २०२३, केटु–२८ जुलाई २०२३, मनास्लु–१७ सेप्टेम्बर २०२३, धौलागिरि–२९ सेप्टेम्बर २०२३, चो ओयु–२ अक्टोबर २०२३ र शिशापाङ्मा–९ अक्टोबर २०२४ रहेका छन् ।