काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा टस जितेर व्याटिङको निम्तो पाएको श्रीलङ्काले नेपाललाई दुई सय ३४ रनको लक्ष्य दिएको थियो ।
सो लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाएर जम्मा १७८ रन मात्र बनायो ।
श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए ।
उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४र२४ रन बनाए ।
श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुईरदुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एकरएक विकेट हात पारे ।