पोखरा एभेन्जर्समाथि चितवन राइनोजको शानदार जित

-


     मर्दी न्युज    
     १८ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

आज भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट भयो ।

चितवनको लागि ब्याटिङमा रवि बोपाराले अर्धशतक पारी खेले भने बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शन रह्यो ।

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।