सुनौलो सहकारीको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

-


     मर्दी न्युज    
     २ पुस २०८१ मा प्रकाशित


पोखरा । बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सोम बहादुर थापाले गरेका थिए भने संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक भोज कुमार श्रेष्ठले सहकारी का सात सिद्धान्त बाचन गरि स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिक साधारण सभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि रवि रमण तिवारी ले एक कार्यक्रमका बीच पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । मन्तव्यका क्रममा तिवारीले सहकारी क्षेत्र चलायमान नभए सम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै केही सहकारीमा समस्या भएपनि समुदायमा आधारित सहकारी तरलता बढी भएकोले सो तर्फ पनि सचेत रहन सुझाव व्यक्त गरेका थिए । वित्तिय अनुशासनमा चलिरहेका सहकारीहरुमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको बताउँदै सदस्यहरु बाहिरी हल्लै हल्लाको पछी लाग्न नहुनेमा जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकारहरु डम्बर बहादुर के.सी, गणेश बहादुर भट्टराई, बिष्णु बहादुर गुरुङ् र कानुनी सल्लाहकार दामोदर अधिकारीले, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावत ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा, उत्कृष्ठ सदस्यहरु क्रमशः कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिम बहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मानपत्र बाट सम्मान गरिएको थियो । साथै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितीको सिफारिसमा सिस्मा गुरुङ् र माध्यामिक तहमा ऐश्वर्या अधिकारी लाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसै बीच १७ औं वार्षिक साधारण सभाले सचिव सोम बहादुर थापा मगर द्धारा प्रस्तुत सचिवको प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरी प्रसाद पौडेल द्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समतिको प्रतिबेदन, लेखा परिक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईको वार्षिक बजेट प्रस्ताव समेत पारित गरेको छ । साथै ऋण उप समति संयोजक जिवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यहरुको प्रष्ट पार्नु भएको थियो ।

हाल संस्थामा १९२९ जना शेयर सदस्य र शेयर पुँजी रु. ६ करोड १ लाख रहेकौ छ । संस्थाको कुल वासलत रु.२७ करोड ४५ लाख रहेको छ भने संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको संस्थाका सचिव सोम बहादुर थापा मगरले जानकारी गराएका थिए । साथै सचिव थापा मगरले सहकारीलाई प्रविधि मैत्री बनाउदै संस्था संचालनका लागी आवश्यक निति तथा कार्यबिधिहरु निर्माण गरि संस्थालाई सहकारी मुल्य र मान्यता अनुरुप संचालन गर्ने प्रष्ट पारेका थिए ।

१७ औँ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष एंव कार्यक्रमका सभापति टिकाराम सापकोटाले आगामी दिनहरुमा पनि सदस्यहरुको साथ र सहयोग अपेक्षा गर्दै सानो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएकोमा प्रमुख अतिथि, संस्थाका सल्लाहकार लगायत उपस्थित सम्प्ुार्ण महानुभावहरुलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।