पोखरा । पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन १२९ चिनियाँ खेलाडी विमान चार्टर गरेर शुक्रबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।
फेवातालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २९ जनाको चिनियाँ टोलीलाई लिएर विमान आएको हो ।
खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।
फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।
यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रो पटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।