फोटो: मनशान्त घिमिरे
सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वितरण तिनीहरुको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधी गर्न, संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि सन् २००४ वाट पोखरा उपत्यका गरिँदै आएको जलपन्छीहरुको गणना यहि पौष २२ गते देखि यस वर्षको गणना गरिने भएको छ ।
पोखरा उपत्यकामा टाइगर माउण्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपंछी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुची राख्ने केही पथ प्रदर्शकहरु एवं विद्यार्थीहरुको केहि समुह जोडिएका थिए । सन् २०१७ मा आधिकारिक रुपमा पोखरा पंछी समाज यस कार्यक्रममा समन्वय गरि टाइगर माउण्टेन पोखरा लज सँगै गणनामा सहभागी भईरहेको लजका प्रवन्धक निर्देशक मार्कस कटन बताउँछन् ।
देशका १८ प्रमुख सिमसार क्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरू ताल, तलैया, खोला, नदी तथा सिमसार क्षेत्रमा गरिने यो कार्यक्रमका लागि २५ जना क्षेत्रिय संयोजक हरुले समन्वय गर्ने एसियन जलपंछी गणनाका नेपाल संयोजक लक्ष्मण पौड्याल बताउँछन् । पोखरा क्षेत्रमा झलक चौधरी र मनशान्त घिमिरे क्षेत्रिय संयोजक रहेका छन् ।
उपत्यकाका ९ वटै ताल र विजयपुर खोला करिडोरमा यहि पौष २२ र २३ गते जलपन्छीको गणना कार्यक्रम हुँदैछ । पौष २२ गते सोमवार बेगनास, रुपा, मैदी, दिपाङ, गुँदे, खास्टे, न्यूरेनी ताल, कमल पोखरी र विजयपुर खोलामा ५ टोली र भोलिपल्ट २३ गते मंगलवार फेवाताल क्षेत्रमा ६ टोलीले गणना गर्दछन् । टोलीमा पंछीविज्ञ, अनुसन्धानकर्मी, विद्यार्थी, पथ प्रर्दशक, पत्रकार आदिको उपस्थिति हुने क्षेत्रिय संयोजक मनशान्त घिमिरे बताउँछन् ।
पोखरा क्षेत्रमा गरिने यस कार्यक्रममा प्रदेश तथा स्थानिय सरकार, महानगरपालिका, वडाहरु, ताल प्राधिकरण, तालमा आश्रित बर्ग, ताल व्यवस्थापन समिति, ताल आसपासका होटल तथा रेष्टुरेण्ट एवं अन्य सरोकारवालहरु ले खासै चासो नदेखाएको एवं गणनामा समेत सहभागी नभएको २० वर्ष देखि यस क्षेत्रका गणक तथा अर्का क्षेत्रिय संयोजक झलक चौधरी बताउँछन् । तालमा पाईने चराका प्रजातिहरुको वारेमा गणक तथा सम्वन्धित निकायको सहकार्य विना ताल देखे, वुझेका विज्ञको भरमा राखिएका सरकारी डाटाबेशमा फरक रहेको छ । कुन तालमा कति प्रजातिका चराहरु पाइन्छन् सोहि तालका व्यवस्थापन समिति तथा ताल प्राधिकरण समेत अन्यौलमा रहेको छ ।
जनवरीको ४ तारिख देखि १९ तारिख जम्म वर्षेनी रुपमा गरिने कार्यक्रम यस वर्ष पौष २० देखी माघ ६ गते सम्म नेपालका विभिन्न ताल तलैया र नदि क्षेत्रहरूमा जल पन्छीहरुको गणना गरीदै छ । उत्तरी ध्रुव, रुस, चीन, मंगोलिया लगायतका स्थानहरुमा जब हिउँ परेर बरफ जमि अध्याधिक चिसो शुरु हुन्छ त्यस क्षेत्रबाट हजारौँको संख्यामा चराहरू जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतीय उपमहादिपको तल्लो तटिय क्षेत्रमा बसाई सराई गर्ने गर्दछन् ।
एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया तथा अष्ट्रेलियामा सन् १९८७ देखि शुरु गरिएको यस कार्यक्रम नेपालले पनि सन् १९८७ देखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ । यो नेपालको सबैभन्दा लामो समयसम्म चल्दै आएको नियमित वन्यजन्तु अनुगमन कार्यक्रम हो, जसमा अधिकांश नागरिक वैज्ञानिकहरूको सहभागिता रहन्छ । विश्वव्यापी जलपन्छी अनुगमन कार्यक्रमको एक अभिन्न अंग हो, जसको समन्वय वेटल्याण्ड इन्टरनेशनलले गर्दै आएको छ । यो कार्यक्रम अफ्रिका, युरोप, पश्चिम एशिया, नियोट्रोपिक्स र क्यारिबियनमा सञ्चालित अन्य क्षेत्रीय जलपन्छी गणना कार्यक्रमहरूसँग समन्वय गरी सञ्चालन हुने नेपालका पूर्व राष्ट्रिय प्रतिनिधी डा. हेम सागर बराल बताउँछन् ।
नेपालमा पहिलो गणना कोशीटप्पु आरक्ष र आसपासका केही सिमसार क्षेत्रहरूमा गरिएको थियो । गत वर्ष कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, रारा, शुक्लाफाँटा लगायतका प्रमुख राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूका साथै देशका विभिन्न तालतलैया र सिमसार क्षेत्रहरूमा यो गणना गरिएको थियो । यस वर्ष पनि यी क्षेत्रहरूमा निरन्तरता दिने लक्ष्य राखिएको र गोक्यो, गोसाईकुण्ड, माइपोखरी र फोक्सुन्डो ताल जस्ता हिमाली क्षेत्रका तालहरूमा भने अझै नियमित गणना हुन सकेको छैन नेपाल प्रतिनिधी पौड्याल बताउँछन् ।
सन् १९८७ देखि नेपालमा नियमित रूपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । यस गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरी बस्ने चराहरूको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु हो । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपक्षीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाउन सक्छौँ ।
जलपक्षी गणना सिमसारको स्वास्थ्य मुल्यांकन, जलवायु परिवर्तनको प्रभाव बुझ्न, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण छ । यसले रामसार महासन्धि, प्रवासी प्रजातिसम्बन्धी महासन्धि, जैविक विविधताको महासन्धि, पूर्वी एसियाली–अष्ट्रेलियाली फ्लाईवे पार्टनरशिप इनिसिएटिभ, मध्य एसियाली फ्लाईवे कार्य योजना, बर्डलाइफ इन्टरनेशनलको महत्वपूर्ण पक्षी क्षेत्र कार्यक्रम, आइयूसियन रेड लिस्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलापंछी संख्या अनुमान कार्यक्रम जस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा अभियानहरूको कार्यान्वयनमा पनि सहयोग पुर्याउँछ ।
गत वर्ष सन् २०२४ मा गरिएको जलपन्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरूमा ४०२ स्वयंसेवकहरूले ७९ प्रजातिका ६३,९०० जलपक्षीहरू रेकर्ड गरेका थिए । यीमध्ये ६ वटा रामसार सूचीकृत सिमसार क्षेत्रहरू पनि रहेका थिए । यस वर्षको गणनाको प्रारम्भिक नतिजा आगामी २ फ्रेब्रुअरी, २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिनेछ तथा विस्तृत प्रतिवेदन आगामी २०८२ साल वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहको अवसरमा सार्वजनिक गरिने कार्यक्रमका नेपाल प्रतिनिधी पौड्याल बताउँछन् ।
स्मरणीय छ, पूर्णरुपमा स्वयंसेवी भावनाले गरिने यस कार्यक्रमको यस वर्ष पनि पोखरा उपत्यकामा टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको आन्तरिक श्रोतवाट रकमको व्यवस्था गरिने समाजका सचिव हेमन्त ढकाल बताउँछन् ।