
फोटो: गोपी श्रेष्ठ
कृष्णवक्ष चाँचर चरा आज धरान फरेष्टमा भेटिएको छ जुन नेपालका लागि दोस्रो अभिलेख हो । कोशी प्रदेशको मोरङ र सुनसरी जिल्लामा अवस्थित समुन्द्री सतह वाट १०० देखि १३ सय मिटर सम्म लगभग ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा वर्डलाईफ ईन्टरनेशनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये एक महत्वपूर्ण वन हो ।
अंग्रेजीमा Black-breasted Thrush तथा बैज्ञानिक नाम Turdus dissimilis भनिने यस चाँचरलाई पंछीविज्ञहरु हठन चौधरी, गोपी श्रेष्ठ र मनशान्त घिमिरेको टोलीले उक्त वनको पंछी अनुगमनका क्रममा यस चाँचरको एक जोडी फुस्रे चाँचरको बथानमा विचरण गरेको अवस्थाका भेटेका थिए ।
तिन वर्ष अगाडि नेपालका लागि पहिलो पटक ईलाम जिल्लाको दानावारीमा २०७८ साल फागुन २५ गते वुधवारका दिन पंछीविज्ञत्रय संजीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले अभिलेख गराएका थिए ।
यो चाँचर भारत, देखि पूर्व बंगलादेश, भुटान, म्यानमार, लाओस, थाईल्याण्ड र भियतनाम सम्म तथा उत्तरमा चिन देखि दक्षिण कोरिया सम्म भेटिएको छ । जाडो मौसममा तल्लो टटिय क्षेत्र र गर्मी याममा चिनका पहाडी क्षेत्रहरुमा विचरण समेत गर्ने गर्दछ ।
नेपालको भौगोलिक विविधताको कारणले चराका प्रजातिहरु उल्लेख्य मात्रामा पाईन्छन् । हाल सम्म नेपालमा ८९७ प्रजातिका चराहरु भेटिएका छन् ।