ढोरपाटनस्थित श्री ज्योति विकास माध्यमिक विद्यालयमा सुबिधा सम्पन्न आइसीटी ल्याबको उद्घाटन

-


     मर्दी न्युज    
     फागुन १२ गते २०८१ मा प्रकाशित


ढोरपाटन । दात्रि निकाय, अभिभावक, शिक्षक र समुदायका अगुवाहरूको उपस्थितिमा ढोरपाटनस्थित श्री ज्योति विकास माध्यमिक विद्यालयमा एक नयाँ, सुबिधा सम्पन्न आइसीटी कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । ग्रामीण नेपालमा डिजिटल खाडल पुर्ने उद्देश्यले गरिएको यो पहल एडुटेक नेपाल, कर्माफ्लाइट्स फाउन्डेसन र ढोरपाटन नगरपालिका बीचको सहकार्यबाट सम्भव भएको हो ।

उद्घाटन सम्बोधनमा कार्यक्रमका प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक र दाता न्युजिल्याण्ड निबासी माइक चिसोल्मले विद्यार्थी, शिक्षक र समुदायलाई ल्याब उपहार दिन पाउँदा खुशी व्यक्त गरे । नेपालसँगको आफ्नो सम्बन्धको सम्झना गर्दै चिसोल्मले लगभग ४० वर्षअघि आइएनएफ पोखरामा आफ्नो सेवालाई सम्झिए र आफ्नो कान्छो बच्चा नेपालमा जन्मिएको सन्दर्भमा न्युजिल्याण्ड र नेपालबीचको मित्रताको लामो विरासत बोकेको भन्दै जुन सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ऐतिहासिक सगरमाथा आरोहणदेखि सुरु भएको कुरा स्मरण गराए ।

चिसोल्मले प्रविधि र शिक्षा गरिबी हटाउने कुञ्जी हो भन्ने कुरामा जोड दिए । संसार को धनी एलोन मस्कको उदाहरण उद्धृत गर्दै उनले कसरी सानै उमेरमा एउटा कम्प्युटरमा पहुँचले मस्कको भविष्यलाई रूपान्तरण गर्‍यो भन्ने कुरामा प्रकाश पारे । ूयो प्रयोगशाला नेपालका शहरहरू र मेरो आफ्नै देशमा पनि धेरै भन्दा राम्रो छ । यस्ता स्रोतहरू भएकाले, प्रत्येक बच्चामा प्रविधिमा अग्रणी बन्ने क्षमता छू उनले थपे ।

एडुटेक नेपालका सीईओ अशोक डल्लीले अभिभावक र शिक्षकहरूलाई शिक्षालाई रूपान्तरण गर्न प्रयोगशालालाई सक्रिय रूपमा प्रयोग गर्न प्रोत्साहित गरे । कम्प्युटर प्रयोगशाला प्राप्त गर्नु मात्र पर्याप्त नभई बालबालिकाको सिकाइमा वास्तविक प्रभाव पार्न यसलाई उचित रूपमा प्रयोग गर्नुपर्छू, उनले अभिभावकहरूलाई विद्यालय भ्रमण गर्न र आधुनिक शिक्षा उपकरणहरूसँग संलग्न हुन आग्रह गर्दै भने।

यस परियोजनाको एक प्रमुख साझेदार कर्मफ्लाइट्स फाउन्डेसनले नेपालभरका ग्रामीण विद्यालयहरूमा आईसीटी प्रयोगशालाहरू स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले प्रयोगशाला कुशलतापूर्वक स्थापना गरेकोमा विद्यालयको प्रशंसा गरे र शिक्षामा प्रविधिलाई एकीकृत गर्ने महत्त्वमा जोड दिए । हामी प्रविधिलाई बेवास्ता गर्न सक्दैनौं । शिक्षालाई रूपान्तरण गर्न र जीवनको गुणस्तर सुधार गर्न हामीले यसलाई अँगाल्नुपर्छ, कुँवरले भने ।

ढोरपाटन नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष दीपक थापा, ढोरपाटन शिकार आरक्ष संरक्षण अधिकृत पशुपति अधिकारी र ढोरपाटन तिब्बती शरणार्थी शिविरका अध्यक्ष रिन्चिन ताशी लगायत धेरै विशिष्ट अतिथिहरूले कार्यक्रममा बोल्दै आधुनिक शिक्षामा डिजिटल साक्षरताको महत्त्वलाई जोड दिए ।

ढोरपाटन उपत्यकामा बसोबास गर्ने तिब्बती शरणार्थी बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न बि। सं. २०१७ सालमा श्री ज्योति विकास विद्यालय स्थापना गरिएको थियो । यो आईसीटी प्रयोगशाला जम्मा १४ लाख मध्ये ढोरपाटन नगरपालिकाले कुल लागतको एक तिहाइ र एडुटेक नेपाल र कर्मफ्लाइट्सले बाँकी दुई तिहाइ म्याचिङ्ग कोष प्रयासबाट सम्भव भएको हो ।

प्रयोगशाला २१ वटा कम्प्युटर र अफ लाइन एआई सफ्टवयर सहित शैक्षिक सामग्रीहरूको विशाल संग्रहले सुसज्जित छ । यो प्रकार को पहल कदमी ले ग्रामीण नेपालमा शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने, विद्यार्थीहरूलाई २१औं शताब्दको विश्वनागरिक बनाउन कोशेढुंगा साबित हुने कुरा अपेक्षा गरिएको छ ।